काठमाडौं- चाँदीका गहना चोरी पैठारी गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले भारतीय नागरिकसहित ३ जनाविरुद्ध ३५ करोड ५५ लाख रूपैयाँ बिगो दावी गर्दै मुदा दर्ता गरेको छ। विभागले उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
विभागका अनुसार भारतको जयनगर भेलुवाटोला १५ मधुवनी ठेगाना भएका विकाशकुमार साह, जनकपुर उपमहानगरपालिकामा शिव ज्वेलर्सका सञ्चालक निर्मलकुमार सिंघानियालगायत विरुद्ध मुद्दा दायर गरिएको छ।
धनुषा जनकपुर उपमहानगरपालिका- २५ लोहना एरियमा चेकजाँच गर्ने क्रममा नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको मोटरसाइकल र चाँदी ५ केजी बेवारिसे अवस्थामा छाडी फरार भएकोले थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र सेतो प्लाष्टिकमा लुकाई राखेको २५ केजी चाँदी बरामद भएको विभागले जनाएको छ।
विभागले बिगो असुल गरी कानुनबमोजिम हदैसम्मको जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।