काठमाडौं- भन्सार चोरी पैठारी गरेका वस्तुहरुको भुक्तानीका लागि गैरकानूनी रूपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गर्ने जेएसएस मोबाइल कलेक्सन एन्ड सर्भिसेज र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरुद्ध ८५ करोड ९५ लाख रूपैयाँको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरू दुवैबाट बिगोको तीन गुणा जरिवाना र ३ वर्ष कैद मागदाबी गरिएको छ।
उनीहरूले विदेशमा निर्मित मोबाइल, मेमोरी कार्डलगायतका मालवस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध रूपमा ल्याई बिक्री बितरण गरेको, निकासी पैठारी गर्ने फर्मले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार बिन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महसुल भुक्तानी गरी निकासी/पैठारी गर्नुपर्ने कानूनी व्यवस्थाको विपरीत कार्य गरेको विभागको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।