काठमाडौं- बाराका जयमंगल प्रसादका हत्यारालाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ। बाराको सिम्रौनगढ- ६ का जयमंगलको २०४४ भदौ १२ गते हत्या भएकोे थियो। उनको हत्यामा संलग्न भई फरार भएका बाराको सिम्रौनगढ- ७ का श्यामकिशोर प्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बाराले २०४७ भदौ २८ गते उनलाई १० वर्ष कैदको फैसला सुनाएको थियो। त्यसपश्चात उनी फरार थिए।
श्यामकिशोर भारतमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले मंगलबार राती बाराकै नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।