• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चीनले 'भूमि मिचेको' स्थापित गर्न कांग्रेस सक्रिय

64x64
लिलु डुम्रे बुधबार, असोज २८, २०७७  १७:०५
1140x725

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण गरी फर्केको हुम्लाको कांग्रेस टोलीले सोमबार पत्रकार सम्मेलन गरी चीनले नेपाली भूमि मिचेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गर्‍यो।

प्रतिवेदन सार्वजनिक गरेको एक दिनपछि अर्थात् मंगलबार उपसभापति विमलेन्द्र निधिले ‘हुम्लामा नेपाली भूमि चीनले कब्जा गरेकै हो’ भनी ठोकुवा सहितको ट्विट गरे। निधिले गरेको ठोकुवाको आधार अघिल्लो दिन सार्वजनिक गरिएको प्रतिवेदन नै थियो। निधिले सरकारले चीनको पक्ष लिएको समेत आरोप लगाए। सरकारले तथ्य लुकाउनका लागि मातहतका निकायलाई थर्काएको समेत निधिको बुझाइ छ।

‘नेपाल सरकारले झुठ बोलेर चीनको पक्ष लिएकै हो। १९ जनाको टोली ११ दिनसम्म स्थलगत निरीक्षण गरी जीवन शाहीले पत्रकार सम्मेलनमा यो खुलासा गर्नु भएको छ’, सरकारी भूमिकालाई अराष्ट्रिय र निर्लज्ज ठर्‍याउँदै निधि लेख्छन्, ‘सरकारले हुम्ला प्रशासनलाई थर्काएर तथ्य लुकाएको छ। यो अराष्ट्रिय र निर्लज्ज कुकर्म हो।’

निधिको ट्विट असोज ७ मा परराष्ट्र तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको अभिव्यक्तिप्रति पनि लक्षित थियो। ज्ञवालीले हुम्लाको लिमिमा चिनियाँ पक्षले नेपाली भूमि नमिचेको दाबी गरेका थिए। नेपाल–चीनबीच सीमा समस्या नै नभएको ज्ञवालीको ठोकुवा थियो। 

सरकारी धारणाप्रति विश्वस्त हुन नसकेको कांग्रेसले असोज ८ मा विज्ञप्ति निकालेर सरकारी दाबीको अस्वीकार गर्‍यो। प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन।’

यो पनि पढ्नुहोस्

कांग्रेस टोलीको स्थलगत अध्ययन : चीनले नेपाली सीमा मिच्यो [प्रतिवेदनसहित]मंगलबार, असोज २७, २०७७

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली सीमा निरीक्षणबाट नफर्किँदै सरकारका प्रवक्ताले चीनले नेपाली भूमि नमिचेको दाबी गरिसकेका थिए। गिरी सहित सुरक्षा अधिकारीको टोली असोज पहिलो साता सीमा क्षेत्रमा पुगेको थियो। चिनियाँ सेनाले आफ्नै भूमिमा भौतिक संरचना निर्माण गरेको दाबी गरेपछि सरकारी पक्ष फर्केको थियो। 

सरकारी दाबीमा कांग्रेसलाई पत्यार लागेन। स्थलगत निरीक्षणमा टोली पठाउन पार्टी सभापति शेरबहादुर देउवाले नै सक्रियता देखाए। हुम्लाका कांग्रेस जिल्ला सभापति जयपति रोकाया भन्छन्, ‘सभापतिले फोन गरी सीमाको निरीक्षण गर्न आग्रह गरेपछि म पनि स्थलगत बुझ्न गएको हुँ।’

त्यसो त, चीनले ‘भूमि मिचेको’ प्रति बढी चासो उपसभापति निधिलाई छ। उनका सामाजिक सञ्जालका अभिव्यक्तिले निधिले सीमाको चासो बढी देखाएको प्रष्ट हुन्छ। कांग्रेस टोली सीमा क्षेत्रका अध्ययन गर्न जानु एक दिनअघि अर्थात् असोज १३ मा नेता निधिले भर्चुअल संवादमा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा छानबिन नै नगरेर सरकारले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

काठमाडौंमा के गर्दैछ नाम्खाको सीमाक्षेत्र निरीक्षण गरेको टोली?बुधबार, असोज २१, २०७७

असोज १४ गते सीमा निरीक्षणमा गएको टोली ११ दिनपछि हुम्ला सदरमुकाम सिमिकोट फर्केको थियो। निधिले भनेझैं टोलीमा १९ जना भने थिएनन्। सोमबार सार्वजनिक प्रतिवेदनका अनुसार कांग्रेस समर्थित ११ जनाको टोली थियो।

कर्णाली प्रदेशका दलका नेता तथा केन्द्रीय सदस्य जीवन बहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनले नाम्खा गाउँपालिकास्थित लोलुङजोङमा निर्माण गरेको भौतिक संरचना नेपालभित्र रहेको निष्कर्ष निकालेको छ। साथै, गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्ड चीनले अतिक्रमण गरेको कांग्रेसको ठहर छ।

लाप्चा भन्ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको अनुगमन टोलीले जनाएको छ। उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई छ महिनाअघि चीनले निर्माण गरेको टोलीले जनाएको छ। 

यो पनि पढ्नुहोस्

चीनद्वारा अतिक्रमित नेपाली भूमि चीनकै भन्ने सरकारी अभिव्यक्तिप्रति निधिको आपत्तिमंगलबार, असोज १३, २०७७

चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। दुई देशको सीमानामा ५ देखि १२ सम्म सीमास्तम्भ छन्। चीनले एकतर्फी रुपमा सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरेको टोलीका संयोजक शाहीले बताए। ५ (१) र ५ (२) सीमास्तम्भलाई चीनले तारबार गरी राखेको जनाइएको छ। पुरानो ५ (२) सीमास्तम्भलाई चीनले उखेलेर एकतर्फी रुपमा नयाँ बनाइएको शाहीले बताए।

कांग्रेस टोलीले स्थलगत निरीक्षणका क्रममा विभिन्न पक्षसँग छलफल तथा प्रविधिको प्रयोग गरेको बताइएको छ। स्थानीयको अनुभव संकलन, दुई देशको सन्धि अनुसार अनुमोदन भएको नक्सा, लिमी र हिल्साका स्थानीयसँग छलफल, जिपिएस प्रविधिको अध्ययन गरी सीमा मिचेको तथ्य प्राप्त भएको शाहीले सुनाए।

टोलीले तयार गरेको प्रतिवेदन केन्द्रीय कार्यालय, संसदीय दल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पठाइएको छ।

यो पनि पढ्नुहोस्

हुम्लाको सीमा क्षेत्रमा बनाएका भनिएका भवन चीनकै भूभागमा : सरकारबुधबार, असोज ७, २०७७

प्रतिवेदन तयार गरेर मात्रै कांग्रेस रोकिएन। मंगलबार साँझ निरीक्षण टोलीका संयोजक, परराष्ट्रविद् र सीमाविद्सँग भर्चुअल संवाद राखियो। संवादको संयोजन सूचना, सञ्चार तथा प्रचार विभागले गरेको थियो। परराष्ट्रविद् तथा संयुक्त राष्ट्र संघका पूर्व स्थायी प्रतिनिधि प्राध्यापक जयराज आचार्यले नेपालको कुटनीतिक पक्ष कमजोर हुँदै गएको बताए।

आचार्यले सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय दुई पद्धति रहेको बताए। पहिलो, पुर्खाले गरेजस्तै हातहतियार सहितको युद्ध। दोश्रो, कुटनीतिक राजनीति। नेपालका लागि उपयुक्त पद्धति परिपक्व कुटनीतिक संवाद हुने उनले बताए। बिपी कोइरालाको समयमा नेपालको कुटनीति परिपक्व रहेको उनको बुझाइ थियो। कुटनीति खस्केको सुनाउँदै उनले भने, ‘कुटनीतिलाई आन्तरिक राजनीतिसँग जोड्न हुँदैन। फ्याक्ट र फिगर बिना राजनीतिक नेतृत्वले बोल्नुहुँदैन।’

सीमाविद्  तथा नापी विभागका पूर्व महानिर्देशक कृष्णराज बिसीले सीमाको निरीक्षण द्वीपक्षीय रुपमा संयुक्त रुपमा हुनुपर्ने बताए। एकल तबरबाट सीमा समस्या हुने विषय नभएको उनले बताए। उनले भने, ‘संयुक्त निरीक्षण सीमाको सिद्धान्त हो।’

यो पनि पढ्नुहोस्

हुम्लाको नाम्खामा आफ्नै भूमिमा भवन बनाएको चीनको दावी बुधबार, असोज ७, २०७७

सीमाको निरीक्षण हालसम्म चारपटक भएको बिसीले जानकारी गराए। नेपाल–चीनबीच प्रत्येक १० वर्षमा सीमाको निरीक्षण गर्ने सम्झौता समेत रहेको बताए।

चीनले नेपाली भूमि मिचेको ‘अन्तिम सत्य’ भनिरहँदा हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित छक्कबहादुर लामा कांग्रेसको प्रतिवेदनलाई मिथ्या दाबी गर्छन्। एक साताअघि सीमा क्षेत्रको निरीक्षण गरेर फर्केका लामा भन्छन्, ‘सीमाना सरल रेखामा छैन। बक्र रेखामा छ। १२ नम्बर पिल्लर उनीहरुको तीर छ। दक्षिण तिरको उनीहरुको भूमि हाम्रोतिर आएको छ।’

बक्र रेखामा सीमा रहेकाले नेपालको भूमि चीन र चीनको भूमि नेपालमा परेको उनको तर्क छ। चीनले नेपाली भूमि अतिक्रमण नगरेको उनको दाबी छ। सन् १९८२ को नेपाल– चीनको नक्सा अनुसार चीनले अतिक्रमण गरिएको भूमि उनीहरुकै रहेको लामाको भनाइ छ। कांग्रेसले निकालेको प्रतिवेदनप्रति प्रश्न उठाउँदै उनले भने, ‘सीमा निरीक्षणमा कांग्रेसको टोलीमा को थियो? नचाहिने कुरा गरेर हुन्छ?’ 

यो पनि पढ्नुहोस्

हुम्लाको सिमा क्षेत्रमा चीनले बनायो ११ भवन, ११ नम्बर पिल्लर हराउँदा अन्यौल मंगलबार, असोज ६, २०७७

हुम्लामा रहँदा लामाले चीनले भूमि मिचेको प्रतिक्रिया दिएपछि सरकारले काठमाडौंमा बोलाएको कांग्रेसको बुझाइ छ। हुम्ला कांग्रेसका सभापति रोकायाले भने, ‘छक्कबहादुरजीले हुम्ला हुँदा सीमा मिचेको बोल्नुभएको थियो। यहाँ बोलेपछि परराष्ट्रमन्त्रीले बोलाउनु भएको सुनेको थिएँ।’

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्