सुनसरी- सामाजिक सञ्जाल इमोमार्फत् २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्यो भनी नगद ठगी गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उनले शनिबार राति इटहरी उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरुषलाई इमोबाट फोन गरी तपाईं २०२० को ईमो लट्री विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार भएको भन्दै नेपाल सरकारलाई टयाक्स बुझाउन भनी आइएमईबाट अरविन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ।
निज कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।