काठमाडौं– ठगी गर्नकै लागि नक्कली एनजिओ खडा गरेर ठगी गरेको पाइएको छ। यसरी ठगी गरेको आरोमा महानगरीय प्रहरी परिसर ललितपुरले सिन्धुलीको मरिण गाउँपालिका–७ घर भई काठमाडौं बेसीगाउँ बस्ने ३३ वर्षीय बिक्रम शाह भन्ने निरन्जन थापालाई पक्राउ गरेको छ।
थापा आफू पिपुल केअर नेपाल नामको एनजिओको म्यानेजिङ डाइरेक्टर भएको बताउँथे। उनले एनजिओका लागि फर्निचर सामान चाहिएको भन्दै ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको सामान खरिद गरेर पैसा नदिई फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।