काठमाडौं- लोकसेवा आयोगले कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७ सार्वजनिक गरेको छ। मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको देखिए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख गरिएको छ।
लोकसेवा आयोग की प्रवक्ता गीताकुमारी होमेगाईंले संक्रमितले परीक्षा दिन नसक्न भएको हुँदा यस्तो व्यवस्था गरिएको बताइन्। ‘कर्मचारी चाहिएको अवस्था छ,’ होमेगाइले भनिन्, ‘कोरोना संक्रमितले बाहेक अन्यले जाँच दिन पाउनेगरी मापदण्ड ल्याएका हौँ।’
सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएसँगै आयोगले आवेदन माग गर्ने उद्देश्यसहित विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो।
आयोगको पहिलो चरणको परीक्षा सकिए पनि कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा स्थगित गर्दै आएको थियो। स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।