काठमाडौं– भक्तपुरको सुडालमा भएको हत्याकाण्डका संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ६१ वर्षीय चन्द लामा वाइवा लामाको हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् ।
जग्गा किन्ने भन्दै सुडाल पुगेका उनीहरुले असोज २१ गते जग्गा व्यापारी चन्द्रलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । घाइते बनाएर उनीहरुले चन्द्रको मोबाइल र ब्रासलेटसमेत लुटेका थिए। उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।