काठमाडौं- सप्तरीको तिरहुत गाउँपालिका- २ मैनाकडरी ५० वर्षीया दाइमनदेवी यावदको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। असोज १० गते राति आफ्नै घरमा बसिरहेका अवस्थामा दाइमनदेवीको हत्या भएको थियो।
उक्त हत्या आरोमा प्रहरीले सोही वडाका २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय रोध भन्ने ओमप्रकाश यादव र सप्तरीको कन्चनपुर नगरपालिका- ११ ठेलियाका ५५ वर्षीय बमबहादुर साहलाई पक्राउ गरेको छ। दाइमनलाई हाल पक्राउ परेका बमबहादुरले डोरीले घाँटीमा बाँधेर कसेर हत्या गरेका थिए। अन्य दुई जना भने कोही आउँछ कि भनेर रेक गर्न बसेको अनुसन्धानबाट खुलेको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए। प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
मृतक दाइमनदेवी।
हत्याको कारण अनैतिक यौन सम्बन्ध रहेको पाइएको छ। दाइमनकी एक नातेदारसँग ओमप्रकाशको अनैतिक यौन सम्बन्ध रहँदै आएको थियो। उनीहरुको सम्बन्धबारे दाइमनले थाहा पाएपछि परिवारका सदस्यलाई भन्नसक्ने भएकाले हत्याको योजना ओमप्रकाशले बनाएर हत्या गरेको पाइएको डिआइजी सिंहले बताए।
अर्कोतर्फ पक्राउ परेका अजय र दाइमनदेवीबीच जग्गाको समेत विवाद थियो। दाइमनदेवीको २ बिगाहा जग्गाका अजयका बाबुले २०४७ सालदेखि जोतपोत गर्दै आएका थिए। सोही विषयमा अन्न बालीका कारण विवाद भएको थियो।
बमबहादुर शाह भने विगतमा मधेश मक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहकोे हत्यामा आरोपमा ८ वर्ष कैद बसी छुटेका व्यक्ति हुन्। २ वर्षअघि मात्रै जेलबाट छुटेका उनलाई ओमप्रकाश र अजयले हत्यामा संलग्न गराएको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।