काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन आंशिक प्राध्यापकलाई आग्रह गरेको छ।
विश्वविद्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ का सम्बन्धमा भइरहेको आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामार्फत् समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको हो।
त्रिवि रजिस्ट्रारको कार्यालयले निकालेको विज्ञप्तिमा आंशिक प्राध्यापकका माग वार्तामार्फत् समाधान गर्न सकिनेमा विश्वविद्यालय विश्वस्त रहेकाले वार्तामार्फत् नै समस्याको समाधान खोज्न आग्रह गरिएको छ।
आंशिक प्राध्यापकहरू त्रिविले आफूलाई बधुवा मजदुरजस्तो व्यवहार गरेको र भविष्यमाथी खेलबाड गरेको भन्दै आन्दोलन गरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।