complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मृत्युदण्ड : अपराध न्यूनीकरणको गलत उपचार

64x64
भानु बोखिम मंगलबार, असोज २७, २०७७  ०८:१०
1140x725

पछिल्लो समयका एसिड आक्रमण र बलात्कारको घटनासँगै अपराधीलाई मृत्युदण्डको चर्चा बढेको छ। मृत्युदण्डको माग गर्नेमा सांसददेखि प्रदेश २ का मुख्यमन्त्रीसम्म देखिएका छन्। निश्चय नै अपराधीलाई कडा सजाय दिनुपर्छ। तर कडा सजायले नै अपराध घटाउँछ त? 

अपराध न्यूनीकरणका लागि कडा सजाय पनि आवश्यक छ। निश्चय नै अपराध विकृत आवेगको परिणाम हो। तर कडा सजायले मात्र अपराध घटाउँदैन। आवेगका बेला कोही पनि कानुनी व्यवस्था र सजाय मात्र सम्झेर बस्दैन। तर मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्छ भन्नेहरु मर्ने डरमा मानिसले अपराध गर्दैनन् भनेर बुझेका छन्। मर्न मात्र किन? जेल जानकै निम्ति पनि मानिसले डराउनु पर्ने हो नि। जेल त हाम्रो कानुनले पठाउँछ नै।

तै पनि समाजमा अपराध र कुकर्म रोकिएको छैन। यसको अर्थ हो कि कानुनले अपराधलाई नियन्त्रण गर्छ तर कानुनले मात्र अपराध नियन्त्रण गर्दैन। अपराध नियन्त्रणका लागि राज्यले कानुन बनाएर मात्र सुख पाउदैन। अपराधका कारणहरुलाई पनि सम्बोधन गर्नुपर्छ, जो राज्यले गरिरहेको छैन। 

अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेका कारण पनि हामीले मृत्युदण्डको व्यवस्था गर्न सक्दैनौँ। कानुनमा २०४७ सालपछि हामी अग्रगामी कदम चाल्छौँ भन्दै आएका छौँ। विश्वमा धेरै देशले मृत्यदण्डको व्यवस्था हटाउँदै लगिरहेका बेला मृत्युदण्डको माग पश्चगामी कदम हो। यो छलफल बहसको पाटो होला तर मृत्यदण्डको कानुनी व्यवस्था गर्नुपर्छ भन्दै गर्दा, कानुनबारे पुरानो र विश्वव्यापी मान्यता र त्यसका सीमालाई मध्यनजर गर्नैपर्छ। कानुनले सय जना अपराधी छुटोस् तर एकजना पनि निर्दोष नपरोस् भन्छ। तर न्याय सम्पादनका आफ्नै सीमाहरु छन्। 

अपराध नियन्त्रणका लागि राज्यले कानुन बनाएर मात्र सुख पाउदैन। अपराधका कारणहरुलाई पनि सम्बोधन गर्नुपर्छ, जो राज्यले गरिरहेको छैन। 

विश्वका अदालतले न्याय सम्पादन गर्ने क्रममा धेरै निर्दोषलाई दोषी करार गरेका छन्। कतिले नखाएको बिष आफ्नो शरीरमा बोकेर बाँचेका छन्। कतिले अदालती प्रकृयाबाटै  वर्षौपछि पुनः न्याय पाएका छन्। यसरी न्याय पाउँदा पनि कतिले फेरि बाह्य संसार देख्न पाएका छैनन्। कारण सम्बन्धित देशले गरेको मृत्युदण्डको व्यवस्था हो। संसारमा त्यस्ता निर्दोषहरु धेरै छन् जसलाई अपराधी करार गरेर फासीको फन्दामा पुर्‍याइयाे। उनीहरु पुन: निर्दोष साबित भएको दिन उनीहरुको प्राण फर्काउन सकिएको थिएन। तसर्थ कानुनी निर्णयमा त्रुटी हुन सक्छ। कानुनी त्रुटी सच्याउने कानुनसम्मत विधि तथा अदालती प्रकृयाबाटै हो। तर निर्णय सच्याएर खोसिएको प्राण भने फिर्ता आउँदैन। 

नेपालको यथार्थमा पनि निर्दोषहरु फसेका कैयौं समाचार छन्। निर्दोष दुई तरिकाले फसेको देखिन्छ। एक कानुन र विधीको पहरेदारले नै कसैलाई जोगाउन निरीह मान्छेलाई दोष करार गर्छन्। शक्ति र सत्ताको आडमा अपराधीलाई जोगाउन अपराधको श्रृंखला चल्नु हामीजस्तो तेश्रो विश्वको विशेषता नै हो। अर्कोतिर अपराध अनुसन्धान र निर्णय प्रकृया कुनै यान्त्रिक काम हैन। कुनै सूत्रद्वारा पुरा हुने क्रियाकलाप पनि हैन। मानिसकै ज्ञान, अनुभव, खुबी र विवेकले गर्ने काम हो, जो सधै सही र सफल हुन्छ भन्ने हुँदैन। यस्तो बेला निर्दोषहरु फस्ने सम्भावना छ।

केही वर्ष अघि पूर्वी नेपालको भोजपुर वा खोटांगतिरको एउटा समाचार आएको थियो। त्यहाँ कोही मान्छे हरायो। परिवारले हराएको आफन्तको हत्या भएको आशंका गरे। अनि केही मान्छेलाई हत्याराको आरोप लगाए। प्रहरीले ती मानिसलाई गिरफ्तार गर्‍यो। गिरफ्तार गरिएकाले आफ्नो अपराध पनि कबुल गरे। केही समयपछि हत्या भयो भनिएको मानिस गाउँमै देखिए। त्यसपछि अपराध कबुल गरेकाहरु स्वतः निर्दोष सावित भएर बाहिर आए। बाहिर आएपछि उनीहरुले प्रहरीको यातना खप्न नसकेर नमारे पनि मारेको भनेर कबुल गरेको बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले अनुसन्धान कसरी गर्ने? वा अनुसन्धानको क्रममा यातना दिन पाइँदैन भन्ने छ। तर व्यवहारमा सधैं लागू हुन्छ भन्न सकिँदैन। प्रहरीको अनुसन्धान पद्धति, निर्णय प्रक्रियामा हुने त्रुटिका कारण पनि मृत्युदण्ड ठीक छैन। गलत निर्णय प्रक्रियाका कारण कोही निर्दोषले ज्यान गुमाए फेरि फर्काउन सकिदैन। 

बलात्कारीलाई मृत्यदण्डको व्यवस्था गर्दैमा बलात्कार घट्दैन। समाजमा बलात्कार बढ्नुमा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक पक्षको भूमिका हुन्छ।

अर्कोतिर मृत्युदण्डले अपराध घटाउँदैन भन्ने उदाहरण हाम्रै वरिपरी छ। निश्चय नै मृत्युदण्डको कानुनी व्यवस्था हाम्रो संविधानले परिकल्पना गरेको छैन। २०१९ सालको संविधानले पनि मृत्युदण्डको परिकल्पना गरेको थिएन। तर पञ्चायतमा धेरैलाई मृत्यदण्ड दिईयो । ४७ साल पछिको कुनै पनि संविधानले मृत्युदण्डको परिकल्पना त गरेको छैन। तर धेरै अपराधीहरु प्रहरी ईन्काउन्टरमा मारिएका छन्। बालक अपहरणकारीको नाममा ईन्काउन्टर गरिएको छ। केही गुन्डाहरु मारिएका छन्। तर त्यसरी मारिँदैमा गुन्डागर्दी रोकिएको छैन। गुन्डागर्दी नरोकिनुको कारण त्यसको निम्ति अनुकुल माहाेल तथा वातावरण नै हो। 

बलात्कारीलाई मृत्यदण्डको व्यवस्था गर्दैमा बलात्कार घट्दैन। समाजमा बलात्कार बढ्नुमा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक पक्षको भूमिका हुन्छ। यी पक्षहरुले माहाेल सृजना गरिरहेका हुन्छन्। जस्तो माहाेल वा वातावरण निर्माण हुन्छन्, त्यही अनुरुपका घटना समाज तथा समुदायमा घट्छन्। तसर्थ, हामीले समाजमा त्यो माहाेल स्थापित गर्न जरुरी छ, जसको कारण मानिसमा सकारात्मक सोचको विकास हुन्छ। आपराधिक मनोवृत्ति घट्दै जान्छ। यसका लागि कुनै पनि आपराधिक घटनाको पछाडि लुकेको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक पक्षलाई केलाउन जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय चर्चामा आएका बझांग र सप्तरीका दुई घटनालाई नियालौ। बझांगमा एक दलित बालिकाको बलात्कारपछि हत्या भयो। बलात्कारीले पहिले पनि त्यस्तै अपराध गरेको थियो। तर समाजले नै थोरै रकम जरिवाना गराएर घटनालाई रफादफा गर्‍याे। परिणामत: अपराधीले पुनः अपराध दोहोर्‍यायाे र १२ वर्षीया बालिकाले जीवन गुमाइन्। सप्तरीमा चार किशोरले एक किशोरीको बलात्कार गरे। किशोरीले समाजमा कुरा राखिन्, तर समाजले कानुनी उपचार खोज्ने भन्दा पनि गाउँमै मिलाउने प्रयत्न गर्‍याे। परिणामत: बलात्कृत किशोरीले आत्महत्या गरिन्।

हाम्रो समाजले अझै पनि बलात्कार वा कुनै पनि आपराधिक घटनालाई अपराधभन्दा बढी समाजको ईज्जतसँग जोड्छ। अनि समाजमै गुपचुप मिलाउन खोज्छ। यसले समाजमा रहेका जो सुकैको आपराधिक मनोवृत्तिलाई मलजल गर्छ।

यी घटनाबाट सिंगो समाजले नै अपराधलाई मलजल गरिरहेको देखिन्छ। हाम्रो समाजले अझै पनि बलात्कार वा कुनै पनि आपराधिक घटनालाई अपराधभन्दा बढी समाजको ईज्जतसँग जोड्छ। अनि समाजमै गुपचुप मिलाउन खोज्छ। यसले समाजमा रहेका जो सुकैको आपराधिक मनोवृत्तिलाई मलजल गर्छ। यी कुराहरु हाम्रा सामाजिक र साँस्कृतिक पक्ष हुन्। अझ बलात्कारको केशमा गल्ती पुरुषको हुन्छ तर जीवन महिलालाई लगाउने गरिन्छ। यही डरका कारण महिला तथा महिलाको परिवार कानुनी उपचार खोज्न असमर्थ हुन्छन्।

आर्थिक र राजनीतिक कारणले पनि यस्ता अपराध भइरहेका छन्। पैसा हुने र राजनीतिक पँहुच हुनेले यस्तो घटना भित्रभित्रै रफादफा गरिदिन्छु भन्ने विस्वासमा छन्। त्यसैले हामीले मृत्युदण्ड भनेर उफ्रिँदै गर्दा, हाम्रो समाजको चेतनास्तर साथै, यसका विभिन्न पक्षलाई नियाल्नु जरुरी छ। हाम्रो समाज विवेक कम आवेग र सनकमा बढी चल्ने समाज हो। हाम्रो समाज आफूलाई नै श्रेष्ठ ठान्ने र सहअस्तित्वलाई नस्वीकार्ने समाज हो। हाम्रो समाजमा लिंगको आधारमा समानता छैन। समुदायको सँस्कृतिमा पुनरावलोकन जरुरी देखिन्छ। धर्म र सँस्कृतिको आडमा उचनीचको विभेद कायम छ। जबसम्म सहअस्तित्व र समानताको भावना हुँदैन, त्यस्तो समाजमा विवेक बन्धक रहन पुग्छ। आवेग र सनक प्रस्फुटित हुने समाजमा अपराध घट्नु नौलो कार्य हैन। 

आपराधिक घटना अधिक हुनु भनेको समाज सभ्य र विवेकी छैन भन्ने प्रमाण हो। सभ्यपन र विवेक कुनै विश्वविद्यालयको प्रमाणपत्रले मात्र दिँदैन। यसका लागि सिंगो समाज, समुदाय र राज्यको प्रयास चाहिन्छ। समानता र सहअस्तित्वकाे बोधले मात्र सभ्य समाज निर्माण हुन्छ, कडा कानुनले मात्र हुँदैन। 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्