काठमाडौं-इन्डियन प्रियमिर लिग (आइपिएल)मा सट्टेबाजी खेलाएको आरोमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले सट्टेबाजीका नाइके भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत घर भई कमलपोखरीस्थित होटल कोर्नाकको कोठा नम्बर १०५ बुक गरेर बस्ने कुलदिप शारण, भारतकै सञ्जिव शारण, भारत कानपुरका अजय गौतम, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौं कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार बमसल र नवीन जैन छन्। उनीहरुबाट १ लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद भएको छ।
उनीहरुले जारी आइपिएलमा अनलाइनमार्फत् सट्टेबाज खेलाएको पाइएको वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकामध्ये कुलदिप सट्टेबाजका नाइके भएको पाइएको छ। उनकै योजनामा यो सबै काम भइरहेको प्रहरीले जनाएको छ। उनी सट्टेबाज खेलाउनकै लागि होटल बुक गरेर बसेको पाइएको छ। उनीहरुले हारजतिसँगै चौका, छक्कामा समेत बाजी राख्ने गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।