झापा-झापाको मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय सुवास दर्जी र मेचीनगर-८ का सन्दीप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित पक्राउ परेका छन्।
आइतबार दिउँसो पौने ४ बजे दुवै जनालाई मेचीनगर-७ इँटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो।
यसरी ब्राउनसुगरसहित पक्राउ परेका दर्जी र राजवंशीउपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडि बढाईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।