काठमाडौं– डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसन्स लिग फुटबलमा फ्रान्ससँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो।
पेरिसमा भएको खेलमा पाहुना टोली पोर्चुगलविरुद्ध फ्रान्सले गोल गर्न सकेन। पोर्चुगलका लागि १०१ गोल गरेका कप्तान क्रिष्टियानो रोनाल्डोको जादु पनि फ्रान्सविरुद्ध चल्न सकेन। पहिलो हाफमा गोलरहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफमा पनि गोलरहित बराबरी खेल्दै समान १–१ अंक बाँडेका हुन्।
सन् २०१६ मा युरो कपको उपाधि पोर्चुगलले जित्दा फाइनलमा फ्रान्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो। पोर्चुगल २०१९ को नेसन्स कपको उपाधि विजेता राष्ट्र हो।
त्यस्तै, नेसन्स लिगमै भएको अर्को खेलमा इटालीले पोल्यान्डसँग गोलरहित बराबरी खेलेको छ। ग्रिसले भने मोल्डोभालाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।