काठमाडौं- भन्सार चोरी पैठारी गरी मालवस्तुको कानुनविपरित कारोबार गर्दै विदेशी मुद्रा अपचनलको अभियोगमा हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब ७१ करोड रूपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा हाइटेकका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।
श्रेष्ठले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाईछिपाई चोरी पैठारी गरी नेपाल ल्याई त्यसको कारोबार नदेखाउने गरेको विभागले जनाएको छ।
त्यसरी आयातित सामानको भुक्तानीका लागि बैंकको स्वीकृति विना श्रेष्ठले विदेशी मुद्रा पठाउने गरेको विभागले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।