काठमाडौं–ट्राफिक प्रहरीलाई द्द सय रुपैयाँ घुस अफर गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । घुस अफर गर्ने बा४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका–२० घर भई ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिजकिशोर साहलाईे प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको प्रहरीलाई उनी २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पारी उम्कन खाजेका थिए ।
साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।