झापा– झापा प्रहरीले श्रीमती हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। झापाको कमल गाँउपालिका– २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापालाई प्रहरीले पक्राउ गरेको हो।
शनिबार साँझ पौने ६ बजे थापाले २४ वर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरायसी विषयमा विवाद हुँदा थापाले आफ्नै श्रीमती रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।
श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यानअन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।