काठमाडौं–स्पेनले नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो।
मड्रिडमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मिकेल ओयार्जाबालले गोल गरे। पहिलो हाफमा लिएको अग्रतालाई कायमै राख्दै स्पेनले जित निकालेको हो। खेलको १४ औं मिनेटमा स्पेनका मिकेलले गोल गरेका थिए। ६० प्रतिशत बल पोजिसन आफ्नो नियन्त्रणमा राखेको स्पेनले स्वीट्जरल्यान्डलाई दबाब दिएर खेलेको थियो।
युइएफए नेसन्स लिगको समूह ‘ए’ को डी मा रहेको स्पेनको यो दोस्रो जित हो। स्पेनले आफ्नो पहिलो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यसपछि स्पेनले युक्रेनमाथि ४–० गोलको फराकिलो जित दर्ता गरेको थियो।
तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको स्पेनले सात अंक बनाउँदै समूह ‘ए’ को डी मा शीर्ष स्थानमा छ। तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा बराबरी खेलेको स्वीट्जरल्यान्डको एक अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।