काठमाडौं- अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न दबाब दिन नेपालगन्जस्थित नागरिक समाजका अगुवाले रिले अनसन सुरु गरेका छन्।
नागरिक समाज बाँकेको संयोजनमा गरिएको रिले अनसन सुरु भएको हो। रिले अनसन बस्नेमा जयसिंह केसी, विश्वजित तिवारी, जगदम्बा पाठक, ललित रौनियार, बल बहादुर चन्द र कृष्णदेवि पाण्डे छन्।
रिले अनसन सुरु गर्दै नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य जयसिंह केसीले सरकार डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै केसीले स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगतिविरुद्ध पटकपटक अनसन बस्दै आएपछि सरकार उनको माग पूरा गर्न गम्भीर नबनेको उनले बताएका छन्।
स्वास्थ्य क्षेत्रमा माफियाको राज चलिरहेको भन्दै त्यसविरुद्ध आवाज उठाएका डा. गोविन्द केसीको पक्षमा बाँकेबाट रिले अनसन सुरु गरिएको बताएका छन्।
साथै सरकारले तत्काल केसीका माग पूरा गरी उनको जीवन बचाउनुपर्ने नागरिक समाज बाँकेले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।