काठमाडौं- पूर्व राजदूत तथा स्वास्थ्य क्षेत्रमा सक्रिय चिकित्सकहरूले डा गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजदूत तथा चिकित्सक अगुवाहरूले यस्तो माग गरेका हुन्।
विगतमा भएका सम्झौता प्रति इमान्दार हुँदै डा केसीका मागलाई सकारात्मक रूपमा लिएर अघि बढ्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरूले आग्रह गरेका छन्।
डा केसीको जीवनरक्षाको माग गर्नेमा पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधान, पूर्व राजदूतहरू डा महेश मास्के र डा चोपलाल भुसाल छन्। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा अर्जुन कार्की, मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झालगायत छन्।
डा केसीको जीवनरक्षाका लागि गम्भीर हुनसमेत आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।