• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
विश्व मानसिक स्वास्थ्य दिवस

किन हुन्छ डिप्रेसन?

सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस
डा अनिता रौनियार शनिबार, असोज २४, २०७७  १४:२२
1140x725

कुनै पनि शंकास्पद मानसिक समस्या लिएर मनोचिकित्सकसँग परामर्श लिन जानु भनेको पागल हुन लागेको हो भनेर सोच्नेहरू हाम्रो समाजमा थुप्रै भेटिन्छन्। अझ गाउँघरमा त मानसिक समस्या भन्ने बितिकै पागल नै हुन लागेको भनिहाल्ने पनि देखिन्छ। पागल हुन लागेको भनेर उपचारमा ढिलासुस्ती गर्नेको संख्या पनि कम छैन। तर यो एकदमै गलत हो।

चिकित्सकहरू मानसिक समस्यालाई डिप्रेसनका रूपमा लिन्छन्। समयमा नै उपचार भएमा यो एकदमै सामान्य तर उचित निराकरण नभएमा गम्भीर स्वास्थ्य समस्या हो डिप्रेसन। डिप्रेसनका कारण भावना, सोच तथा व्यवहारमा नकारात्मक असर पैदा हुने गर्दछ।

यस रोगमा मानिस दुःखी हुने, केही कुरामा पनि रुचि नरहने साथै भावनात्मक तथा शारीरिक समस्या पैदा भई दैनिक कामकाज गर्ने क्षमतामै ह्रास आउनेआदि खालका समस्याहरु देखा पर्छन्। तर डिप्रेसनमा यी नै समस्या/लक्षण मात्र देखिन्छन् भन्ने हुँदैन। यसका अन्य लक्षण पनि छन्। जस्तै:-

  • खानामा रुचि हराउँदै जानु
  • निद्रा नलाग्नु वा धेरै निद्रा लाग्नु
  • आलस्यता/कमजोरी महसुस हुनु
  • काममा वा बोलीमा सुस्तता आउनु
  • हिनताबोध हुनु
  • सोच्ने क्षमतामा कमी हुनु वा ध्यानपूर्वक कामहरु गर्न नसक्नु
  • आफ्नै स्याहारसुसार ठीकसँग नगर्नु
  • आफूलाई बेकारको महसुस गर्नु

डिप्रेसनको समस्या झेलिरहेका मानिसलाई जिन्दगीको महत्व नदेख्ने समस्या पनि निम्तिन्छ। उनीहरूमध्ये कतिपयलाई आत्महत्या गर्ने सोचसम्म आउन सक्छ। उचित उपचारको अभावमा यसै समस्याका कारण धेरैले ज्यान गुमाएका समेत छन्।

तर यी लक्षणहरु दुई वा दुई हप्ताभन्दा बढी समयसम्म रहेमा मात्र त्यसलाई डिप्रेसन भन्न सकिन्छ। साथै अन्य स्वास्थ्य समस्या जस्तै थाइराइड, ब्रेन ट्युमर, शरीरमा भिटामिनको कमी आदिमा पनि यस्ता लक्षण देखा पर्न सक्छन्। त्यसकारण डिप्रेसन नै हो भन्नका लागि विशेषज्ञ चिकित्सकबाट नै पुष्टि हुनुपर्छ। 

अमेरिकी मनोचिकित्सकहरुले गरेको एक अध्ययनका अनुसार कुनै एक वर्षमा हरेक १५ जनामा १ जना डिप्रेसनबाट पीडित हुने देखाएको छ भने हरेक ६ जनामा १ जना जीवनको कुनै समयमा यस रोगबाट पीडित रहने गरेको तथ्य अगाडि सारेको छ। 

जीवनको कुनै पनि समयमा लाग्न सक्ने यो रोगबाट मुख्यतया किशोरावस्थाको अन्त्यदेखि मात्र सुरु हुने विश्वास गरिन्छ। महिलाहरू यस रोगबाट तुलनात्मक रूपमा बढी पीडित हुने गरेका पाइन्छन्। एक अनुसन्धानले देखाए अनुसार एक तिहाइ महिला जीवनको कुनै न कुनै समयमा डिप्रेसनबाट गुज्रिएका हुन्छन्।

यस्तो मानसिक समस्या जो कोहीलाई पनि हुन सक्छ। बाहिरबाट हेर्दा सबै कुरा पुगिसरी देखिने, जीवनमा केही कुराको अभाव नभएकाहरु पनि यस समस्याबाट गुज्रने गर्दछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस रोग लाग्नका लागि निम्न कुराहरुले मुख्य रुपमा योगदान पुर्‍याउँछन्ः 

१) शारीरिक रसायन- मस्तिष्कमा सेरोटोनिनलगायतका रसायनको कमी आदिका कारणले पनि डिप्रेसन हुन सक्छ।

२) जेनिटिक्स (वंशाणुगत)- कतिपय अवस्थामा पुरै परिवार डिप्रेसनको शिकार बन्न सक्छन् भने जुम्ल्याहाहरुमा एकमा डिप्रेसन हुँदा अर्कोमा पनि ७० प्रतिशत डिप्रेसन हुने संभावना हुन सक्छ। 

३) व्यक्तित्व - कमजोर इच्छाशक्ति भएका वा कमलो मुटु भएका हरुले कुनै पनि तनाव व्यवस्थापन सजिलै गर्न सक्दैनन् र यस रोगबाट छिटै पीडित हुन्छन्।

Xtrem

Xtrem

४) वातावरणीय प्रभाव : शारीरिक तथा मानसिक हिंसा, उपेक्षा, गरिबी, आतंक आदिबाट गुज्रिएका मानिसमा पनि डिप्रेसन हुन सक्छ। 

डिप्रेसन अर्थात् मानसिक समस्या भएपनि अन्य मानसिक रोगका तुलनामा उचित उपचार पश्चात छिटो निको हुने रोग हो। यसको निदानपश्चात् विशेषज्ञ मनोचिकित्सकहरूद्वारा उपचारका विभिन्न पद्धति अपनाइन्छन्। जसमा औषधिको प्रयोग, साइकोथेरापी, इलेक्ट्रो कन्भल्सिभ थेरापी आदि बढी प्रचलनमा छन्। 

आफूलाई डिप्रेसनबाट बचाउन हामी आफैंंले पनि योगदान पुर्‍याउन सक्छौं। जस्तै- नियमित शारीरिक व्यायाम, आफ्ना नजिकका परिवार, साथीसँग मनका कुरा बाँड्नु, स्वास्थ्य खानपान खानु, मदिराजन्य पदार्थ नखानुले पनि डिप्रेसनको समस्या आउन नदिन सहयोग गर्छ। 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्