• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

२ वर्षदेखि चलिरहेको थियो विशाल ग्रुपले बेच्ने सामग्रीमा ‘रिलेबलिङ’को धन्दा

सिआईबीको छापादेखि वाणिज्य विभागको फैसलासम्म: यस्तो छ घटनाको नालीबेली
64x64
हेमन्त जोशी शनिबार, असोज २४, २०७७  ११:२१
1140x725

काठमाडौं- व्यवसायिक घराना विशाल ग्रुपले बिक्री वितरण गर्दै आएको विभिन्न खाद्य वस्तुहरुमा पुरानो उपभोग्य मिति मेटाएर नयाँ प्रिन्ट (रिलेबलिङ) गरी बजार पठाउने अवैध धन्दा विगत लामो समयदेखि चलिरहेको पुष्टि भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले असोज १५ गते कलंकी र बाफलका दुई गोदाममा छापा मारी पक्राउ गरेका व्यक्तिहरुको बयानका आधारमा रिलेबलिङको अवैध धन्दा पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको देखिएको हो। विशाल ग्रुप अन्तर्गतका दुई वितरक तथा होलसेल कम्पनीहरु आयान डिस्टिब्युटर्स प्रालि र अमेजन डिस्टिब्युटर्स प्रालिले म्याद नाघेका न्यून गुणस्तरका उपभोग्य वस्तुहरुमा पहिला उल्लेख भएको लेबल मेटाई ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति तथा मूल्य जस्ता नयाँ लेबल लगाई उच्च गुणस्तरका वस्तु भनी झुक्याएर बिक्री वितरण गर्दै आएको देखिएको हो।

आयान डिस्टिब्युटरका सञ्चालक पुष्पादेवी अग्रवालसहित रोनक बोथरा, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र बिक्रम गुप्ताको बयानपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार यो मुद्दाको फैसला गरेको छ। उपभोक्ता हित संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले आयान डिस्टिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई १ करोड धरौटी माग गर्ने, उक्त कम्पनीका म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेल सजाय गर्ने, ५ जना कामदारलाई ५ लाख धरौटी माग गर्ने र एक जना अर्का प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन।

के थियो घटना? 
असोज १५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले अनुगमन गर्दा काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी लिंक मार्गस्थित बाबुकृष्ण सापकोटाको ३ तले घरमा छापा हान्यो। भारतीय नागरिक रोनक बोथराले भाडामा लिई प्रयोग गरेको उक्त घरमा म्याद नाघेका उपभोग्य बस्तुहरु थुपार्ने गोदाम रहेको, गोदाममा म्याद नाघेका उपभोग्य वस्तुहरु तथा रिलेबलिङ्ग गरिएका उपभोग्य वस्तुहरु र रिलेबलिङ गर्ने मेसिन तथा लेबल मेटाउन प्रयोग गर्ने केमिकल फेला परेको थियो। 

आयान डिस्टिब्युटर प्रालिको नाममा रहेको उक्त गोदाममा पक्राउ परेका व्यक्तिको बयान, बरामद भएका वस्तु, लेबलिङ गर्ने मेसिनलगायतका आधारमा यो अवैध धन्दामा अरु कम्पनीहरुको पनि संलग्नता देखियो। प्रहरीले खोज्दै जाँदा बाफलमा रहेको प्रचण्डमान श्रेष्ठको घरमा रोनक बोथराको बासस्थान समेत रहेको आयान डिस्टिब्युटर्स प्रालिको कार्यालय तथा गोदाम रहेको घर भेटियो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार आयान डिस्टिब्युटर्सको गोदामबाट टेङ्ग पाउडर जुस ५७०० काटुन, स्निकर चकलेट ५९१ काटुन, प्रिङ्गल्स आलु चिप्स ७ सय वटा, ओरियो बिस्कुट ७९ काटुन, बर्नभिटा हर्लिक्स ५ काटुन रिलेबलिङ गरिएको सामानहरु बरामद भएको थियो। बरामद भएको वस्तुहरुको बजार मूल्य २ करोड ९३ लाख ६४ हजार ७ सय १ रुपयाँ बराबर रहेको र सोही गोदामबाट रिलेबलिङ गर्ने मेसिन तथा लेवल मेटाउन प्रयोग गरिने केमिकलहरु समेत बरामद भएको थियो। 

यस्तो छ पक्राउ परेका व्यक्तिहरुको बयान 
आयान डिस्टिब्युटर्स प्रालि कम्पनी रजिस्टारको कार्यालयमा पुष्पादेवी अग्रवालको नाममा दर्ता छ। अग्रवालले वाणिज्य विभागसमक्ष दिएको बयान हेर्दा उनले आयान डिस्ट्रिब्युटर्स प्रालि आफ्नो नाममा दर्ता भए पनि उक्त कम्पनीले कसरी काम गरेको छ र के काम गर्दछ भन्ने आफूले थाहा नपाएको बताएकी छन्।

‘श्रीमानले सानो व्यवसाय गर्नुहुन्छ। उहाँले गर्ने व्यवसाय र यस कम्पनीबीच कुनै सम्बन्ध छैन। मेनेजरले कुनै गलत काम गरेको भए गैरकानुनी हो। कलंकीको गोदाम भएको घर मेरो होइन। सबै कुरा रोनक बोथरालाई थाहा छ’, अग्रवालको लिखित बयानमा भनिएको छ, ‘गलत काम म्यानेजर र कामदारहरुले गरेका रहेछन् भन्ने कुराको जानकारी मैले आफू पक्राउ परेपछि मात्र थाहा पाएको हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

रिलेबलिङ धन्दाका मुख्य प्रतिवादी भारतीय नागरिक रोनक बोथराले बयान गर्दा आफू आयान डिस्ट्रिब्युटर्सको म्यानेजर भएको र कम्पनीले उनलाई सामानको खरिद बिक्री वितरण, बिक्री भएको सामानहरुको बजारबाट भुक्तानी असुली, सेल्स अकाउण्ट र स्टोरको रेखदेख गर्ने कामको जिम्मेवारी दिएको  बताएका छन्। ‘मैले आयान डिस्टिब्यूटर्सको म्यानेजरको हैसियतमा काम गर्दा कंलकी लिंक मार्गमा रहेको बाबुकृष्ण सापकोटाको घर भाडामा लिई बजारवाट म्याद सकिनै लागेका सामानहरु किनेर ल्याउने र नयाँ लेबल राख्ने र बजारमा बिक्रीको लागि पठाउने काम गर्न थालेको डेढदेखि दुई वर्ष भयो’, वाणिज्य विभागका अनुसन्धान अधिकृतसँग बोथराले दिएको बयानमा भनेका छन, ‘र, सो काम आयान डिस्टिब्युटर्सको नाममा नगरी छुट्टै घर भाडामा लिई गरेको हो। रिलेबलिङ गर्ने काममा मबाहेक कोही पनि संलग्न छैनन्।’

यसैगरी अर्का प्रतिवादी मुन्ना ठाकुरले आफू ३ वर्षदेखि आयान डिस्टिब्युटर्समा काम गरिरहेको र रोनक बोथराले रिलेबलिङको काम गर्छन् भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्।

पक्राउ परेका अर्का व्यक्ति पप्पुकुमार ठाकुरले आफू बिष्णु लक्ष्मी इन्टरप्राइजेजमा काम गर्ने गरेको र स्टाफहरुलाई मेसिन चलाउन सिकाउने, गोदामको रेखदेख गर्ने र गाडीमा सामान लोड अनलोड गर्ने काम गर्ने गरेको बयान दिएका छन्। ‘कुनै काम नपाएर त्यहाँ काम गरेको हुँ। साहुले लगाएको काम गरेर खाने लाउने हो, निजले केही हुँदैन भनी विश्वास दिलाउनुहुन्थ्यो। अब उप्रान्त यस्तो काम गर्ने छैन’ भनी बयान लेखाएका छन्।

अर्का प्रतिवादी विक्रम कुमार गुप्ताले आफू ३ बर्षदेखि आयान डिस्टिब्युटर्समा काम गरिरहेको, रोनक बोथराले सामान लिन र पुर्‍याउन पठाउँदा कलंकीको गोदाममा जाने गरेको तर रिलेबलिङको अवैध धन्दा हुन्छ भन्ने आफूलाई थाहा नभएको बयानको ब्यहोरा लेखाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यही प्रकरणमा पक्राउ परेका अर्का व्यक्ति श्याम प्रसाद सिंहले आफू ४ बर्षदेखि आयान डिस्टिब्युटर्समा काम गरिरहेको र रोनक बोथरासँग त्यतिबेलै चिनजान भए पनि रिलेबलिङको कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बयान विभागसमक्ष दिएका छन्।

यसैगरी अर्का प्रतिवादी राम बहादुर बयलकोटीले आफू बिष्णु लक्ष्मी इन्टरप्राइजेजमा १६ महिनादेखि काम गर्ने गरेको र रोनक बोथराको गोदाममा रहेको रिलेबलिङका सामानहरु बजारमा लैजाने ढुवानी गर्नको लागि साहुजीले लाए अह्राएको काम गर्ने गरेको बताएका छन। ‘मलाई रिलेबलिङको विषयमा थाहा भए तापनि सोही सामान बजारमा पुर्‍याउने गरेको हुँ’ भनी बयलकोटीले बयान लेखाएका छन्।

यसरी मिसिल संलग्न बरामदी तथा खानतलासी मुचुल्का, प्रतिवादीहरुले निरीक्षण अधिकृत एवं इजलासमा उपस्थित भई गरेको बयानसमेत हेर्दा पुष्पादेवी अग्रवाल सञ्चालक रहेको आयान डिस्टिब्युटर्सले प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेका रोनक बोथराले अपराधमा आफ्नो मात्र संलग्नता रहेको स्वीकार गरेका छन्।

विभागका महानिर्देशकको आदेशले यो मुद्दामा पुष्पादेवी अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६८ बमोजिम १ करोड जमानत माग गरेको छ। त्यस्तै रोनक बोथराले अपराध स्वीकार गरेको र बोथरा विदेशी नागरिक भएकोले उनलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४० को उपदफा १० को खण्ड ख बमोजिम एक वर्षसम्म कैद सजाय भुक्तानी गर्नुपर्ने फैसला गरिएको छ।

बोथराले गरेको अपराधिक कार्यमा संलग्न देखिएका अरु व्यक्तिहरु मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रम गुप्तालाई प्रतिव्यक्ति ५ लाख धरौट जमानत माग गरिएको छ। यी व्यक्तिहरुले माग गरे बराबरको धरौट रकम बुझाउन नसके सोही ऐनको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा पठाउन पनि आदेश दिइएको छ।

त्यस्तै यही मुद्दामा संलग्न रहेर फरार रहेका शंकर बयलकोटीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ को उपदफा १० बमोजिमको पक्राउ पुर्जी जारी गर्न पनि आदेश दिइएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्