काठमाडौं- सरकार र डा केसी पक्षबीच बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ।
शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको डा केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिए।
बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।
बिहीबार राती सकिएको वार्तामा शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाएको थियो।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।