काठमाडौं- सरकार र डा केसी पक्ष पुनः वार्तामा बस्ने भएको छ। शुक्रबार साँझ ९ बजे सरकारसँग पुनः वार्ता हुन लागेको डा केसी पक्षका वार्ता टोलीका सदस्यले जानकारी दिए।
'हामी वार्ता गर्नका लागि सिंहदरवार जाँदैछौँ,' ती सदस्यले भने। उनले थप विषयबारे भने खुलाउन चाहेनन्।
बिहीबार सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। करिब १० घण्टा भएको वार्तामा दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएको बताइएको थियो। तर अन्तिम टुंगोमा पुग्न थप छलफल आवश्यक भएको भन्दै शुक्रबार पुनः वार्ता बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो।
शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाउन लागेको हो।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।