दाङ– दाङ प्रहरीले एक किलोभन्दा बढी सुनसहित तीन जनालाई पक्राउ गरेको छ। लमही नगरपालिका-९ अमिलियाबाट १ हजार ग्राम सुन, नगद तथा अन्य धनमालसहित ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सम्मानकुमार श्रेष्ठ, सोही उपमहानगरपालिका–१५ बस्ने २५ वर्षीय सुवाश श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका–९ देविनगर बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार सम्मानले लगाएको जुत्ताको तलुवामा लुकाईछिपाई राखेको ५ सय ग्रामका २ थान गरी जम्मा एक १ हजार ग्राम सुन बरामद भएको थियो ।
कारका चालक सुवास श्रेष्ठ र कारमा सवार ती किशोरलाई समेत प्रहरीले पक्राउ गरेको थियो। साथै प्रहरीले सम्मानको साथबाट नेपाली ६० हजार रुपैयाँ, १ थान सुनको सिक्री, १ थान मोबाइल, १ थान घडी सुवासकाे साथबाट नगद १२ हजार २ सय ५० रुपैयाँ, २ थान मोबाइल, १ थान घडी तथा किशोरको साथबाट नगद १ हजार १ सय २० रुपैयाँ र १ थान चाँदी जस्तो देखिने सिक्रीसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।