काठमाडौं– विश्वकप फुटबलअन्तर्गत दशिण अमेरिका छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गरेको हो।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे। उनकै एकमात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ। खेलको १३ औं मिनेटमा नै कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो। अर्जेन्टिनाले अब अक्टोबर १४ तारिखमा बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ।
शुक्रबार बिहान नै भएको अर्को खेलमा चिल्लीलाई उरुग्वेले २–१ गोलअन्तरले पराजित गरेको छ। उरुग्वेको जितमा लुइस स्वारेज र म्याक्सिमिलियानो गोमेजले गोल गरे। चिलीका लागि भने एलेक्सिस सान्चेजले गोल गरेका थिए। त्यस्तै, विश्वकपको दक्षिण अमेरिका छनोटमै भएको अर्को खेलमा पाराग्वे र पेरुले २–२ गोलको बराबरी खेलेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।