काठमाडौं– प्रहरी पोशाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति दुरुपयोग नगर्न सचेत सबैमा सचेत गराएको छ। प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना टिकटकदेखि भिडियोहरूसम्म प्रहरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग भए प्रचलित कानुन बमोजिम कारबाही गरिनेसमेत हेडक्वार्टरले जनाएको छ।
विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, प्र्यान्क भिडियो, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकहरू दुरुपयोग भएको भन्दै स्वीकृतिबिना प्रहरी पोशाक र दर्ज्यानी चिन्हको दुरुपयोग नगर्न हेडक्वार्टरले आग्रह गरेको छ।
प्रहरी पोशाकको प्रयोग गर्नु पहिले प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाईमा पोसाक प्रयोग गर्नुपर्ने प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।