स्याङजा–स्याङजाकाे पुतलीबजार नगरपालिका–६ काउले सिमलबोट बस्ने ६६ वर्षीय थमन गुरूङ र सोही नगरपालिका–६ काउले किराखोर बस्ने २० वर्षीय सुजन गुरूङलाई विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ।
अवैध हतियार रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल व्यारलको भाग, १ सय ४५ ग्राम बारूद, ११ वटा टिनको स–साना पाता, ५ थान केप, १ सय ५६ वटा स–साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो।
उनीहरु उपर हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।