रौतहट–रौतहटमा एक युवक र किशोरीबीचको प्रेममा विवाद हुँदा किशोरीको हत्या भएको छ। दुर्गाभगवती गाउँपालिका–४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको हो।
हत्या आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसहित ४ जनाले रोबिनाको हत्या गरेका थिए।
हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव ल्याई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी फरार छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।