काठमाडौं– झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन्। भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगरसहित पक्राउ परेका छन्। बुधबार साँझ ६ बजे उनलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यसैगरी सुनसरी इटहरी–५ का २३ बर्षीय प्रविण राई पनि ब्राउनसुगरसहित पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो ५ बजे इटहरीमै रहेको एक खाजा घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
राईलाई नियन्त्रणमा लिएसँगै उनीमाथि जाँच गर्दै उनको कोठा समेतमा खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारेर लुकाएर राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको हो।
राईको साथबाट नगद १ लाख ५० हजारसमेत बरामद गरिएको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले राय र राईलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाउपर क्रमश: ईलाका प्रहरी कार्यालय अनारमनी झापा र ईलाका प्रहरी कार्यालय ईटहरीबाट कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।