काठमाडौं–पर्सा प्रहरीले १ सय ३१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
गएराति पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोलका ४० वर्षीय राज ओझैयालाई प्रहरीले पक्राउ गरेको हो।
ओझैयाले आफ्नै घरमा गाँजा लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरबाट १ सय ३१ किलो गाँजा बरामद गरेको हो। पक्राउ परेका ओझैयालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्र्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।