काठमाडौं-अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इटालीले मोल्डोभाको पोष्टमा आधा दर्जन गोल गरेको छ। बुधबार राति भएको खेलमा मोल्डोभालाई इटाली ६–० गोलको फराकिलो अन्तरले जित निकालेको हो।
इटालीको जितमा स्टेफन सरावेले दुई गोल गर्दा ब्रायन क्रिस्टान्टे, फ्रन्चेस्को कपुटो र डोमेनिको बेरार्डीले गोल गरे। मोल्डोभाका पोसयाकले आत्मघाती गोल गरेपछि इटालीले एक गोल भने उपहारस्वरुप पाएको थियो।
खेलको १८ औं मिनेटमा ब्रायन क्रिस्टान्टेले गोल गर्दै इटालीलाई १–० गोलको अग्रता दिलाए। खेलको २३ औं मिनेटमा फ्रन्चेस्कोले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए। ३० औं मिनेटमा स्टेफनले गोल गर्दा ३७ औं मिनेटमा भने मोल्डोभाका पोसमाकले आत्मघाती गोल गरेपछि इटालीको अग्रता ४–० मा पुग्यो। पहिलो हाफको अन्तिम समयमा स्टेफनले गोल गर्दै ५–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा नै ५–० गोलको फराकिलो अग्रता बनाएको इटालीले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राख्न सक्यो। खेलको ७२ औं मिनेटमा डोमेनिकोले गोल गरेपछि इटाली ६–० गोलले विजयी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।