काठमाडौं– फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युक्रेनलाई फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनलाई ७–१ गोलअन्तरले पराजित गरेको हो।
फ्रान्सको जितमा ओलिभर जिराउडले दुई, इडुआर्डो केमेभिन्गा, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरे। एक गोल भने फ्रान्सले उपाहार स्वरुप पाएको थियो। युक्रेनका लागि भने भिक्टरले गोल फर्काएका थिए।
खेलको नवौं मिनेटमा नै इडुआर्डोले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। खेलको २४ र ३४ औं मिनेटमा जिराउडले गोल गरेपछि फ्रान्सले ३–० गोलको अग्रता लियो। ३९ औं मिनेटमा युक्रेनका भिटाली मिकोलेन्कोले आत्मभघाती गोल गरेपछि फ्रान्सले ४–० गोलको अग्रता बनायो।
पहिलो हाफमा चार गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुग्यो। खेलको ५३ औं मिनेटमा भिक्टरले गोल गर्दै युक्रेनलाई ४–१ गोलको स्थितिमा ल्याए। ६५औं मिनेटमा टोलिसोले गोल गर्दै फ्रान्सलाई ५–१ को अग्रता दिलाए। त्यसपछि एम्बाप्पेले खेलको ८२ औं मिनेटमा र ग्रिजम्यानले ८९ औं मिनेटम गोल गर्दै फ्रान्सलाई ७–१ गोलको फराकिलो जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।