जाजरकोट- जाजरकोटको जुनिचाँदे गाउँपालिका-१ ओलभिरमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। बुधबार भे १ ज ९३५ नम्बरको जिप आज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
मृत्यु हुँनेमा जुनीचाँदे- ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए।
दुर्घटनामा परेको जिप खोलामा झरेकाले अझसम्म पनि २ जना बेपत्ता रहेकोसमेत सहायक प्रजिअ रेग्मीले बताए।
जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो। जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।