काठमाडौं- माल्टा पठाउने प्रलोभनमा ४८ लाख ९८ हजार ठगी गर्ने युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले ठगी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरका ३२ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो।
गोपाल आचार्यसहितका व्यक्तिले गत फागुन ४ गते सुरजले ठगी गरेको भन्दै महाशाखामा उजुरी दिएका थिए।
सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन्। सुरजलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।