काठमाडौँ- न्याय परिषदले एकैपटक ठूलो संख्यामा न्यायाधीशको सरुवा र पदस्थापन गरेको छ। बुधवार बसेको न्याय परिषदको बैठकले एउटा अदालतमा २ वर्ष सेवा पूरा गरेका ११४ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। कोरोना महामारीका कारण साउनमा हुनुपर्ने सरुवा रोकिएको थियो।
त्यस्तै २९ जना न्यायाधीशको पदस्थापनको सिफारिस गरेको छ। परिषदको सिफारिसमा प्रधानन्यायाधीश राणाले उनीहरुको सरुवा गरेका हुन्।
भक्तपुर ,ललितपुर र काठमाडौँका न्यायाधीशका न्याायधीशको पनि सरुवा भएको छ। त्यस्तै उपत्यकाबाहिरका केही न्यायाधीशहरुको सरुवा काठमाडौँ उपत्यकामा गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशलाई नै कोरोना संक्रमण पुष्टि भएर क्वारेनटाइनमा बसेपछि अघिल्लो हप्ता नै सरुवाको तयारी गरिएको भएपनि अन्तिम समयमा आएर रोकिएको थियो। गत बुधबार फुलकोर्टको बैठकमा सहभागी भएका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको थियो। सुरुमा उनको छोरोमा कोरोना पुष्टि भएको थियो।
प्रधानन्यायाधीशसहित १६ न्यायाधीश सहभागी भएको फुलकोर्ट बैठकमा सहभागी भएका न्यायाधीशमा शुक्रबार कोरोना पुष्टि भएको थियो। शुक्रवारदेखि कोरोना पुष्टि भएका न्यायाधीश आइसोलेनमा बसेका थिए भने अन्य न्यायाधीशहरु क्वारेनटाइनमा बसेका थिए।
७५ जिल्लाका न्यायाधीशहरूको २ वर्ष पूरा भएकाले उनीहरुको सरुवा गर्ने समय भएको थियो। चैत ११ देखि सरकारले देशभर लकडाउन गरेकाले अदालत पनि लामो समय बन्द भएको थियो। उक्त अवधिलाई सर्वोच्चले शुन्य समय हुने फैसला गरिसकेको छ।














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।