काठमाडौं–आठ किलो लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुविया बस्ने २९ वर्षीय खोवारीप्रसादलाई अफिमसहित प्रहरीले पक्राउ गरेको हो ।
खोवारीले आफ्नो घरमा अफिम लुकाएर राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले उनलाई गए राति आफ्नै घरबाट पक्राउ गरेको हो। उनीविरुद्ध लागुऔषधको नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।