काठमाडौं- महिलालाई बन्धक बनाई हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीका विनय श्रेष्ठ भन्ने विनय माझीलाई पक्राउ गरेको हो।
गत वर्षको जेठ ५ गते कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोकको कर्थली–३ घर भई जोरपाटी बस्दै आएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई विनयले बन्धक बनाई हत्या गरेका थिए।
अनुसन्धानका क्रममा विनयले मृतक पम्फा श्रेष्ठलाई आफ्नो डेराकोठामा लगेर २०७६ जेठ ३० गतेदेखि जबरजस्ती बन्धक बनाई राखेका थिए।
बाहिर ताला लगाएर फरार भएको स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताला फोडी हेर्दा पम्फा मृत अवस्थामा खाटमा फेला परेकी थिइन्।
पक्राउ परेका विनयले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले त्यसबारे पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।