काठमाडौं- महाराजगञ्ज क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामग्री बरामद गरेको छ। म्याद नाघेका सामग्री भण्डारण गरेर राखेको भन्ने सूचनाका आधारमा छापा मारेर प्रहरीले ठूलो मात्रामा खाद्य सामग्री बरामद गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले छापा मारेर उक्त सामाग्री बरामद गरेको हो। परिसर प्रवक्ता एसपी सामेन्द्र सिंह राठौरले सामान कति छन् भन्ने एकिन भइनसकेको र अहिले बरामदकै क्रममा रहेको बताए।
बरामद सामग्रीको मुचल्का उठाइसकेपछि प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ।
यसअघि पनि दुई पटक कलंकी क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामाग्री बरामद गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले म्याद नाघेका खाद्य सामग्रीसहित ८ जना र परिसरको टोलीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामग्रीसहित ७ जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।