काठमाडौँ- विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले २३ दिनयता अनसनरत डा गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरूले डा केसीका माग पूरा गरी उनको जीवन रक्षा गर्न समेत माग गरेका हुन्।
डा केसीका मागमा ऐक्यबद्धता जनाउँदै उनको जीवनरक्षा माग गर्ने नागरिक अगुवामा डा.पिताम्बर सर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा.सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धन कुमारी सुनार, कोमल भट्टराई, सुदिप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई, हरि रोका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवासम्बन्धी माग राखेर डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसनमा छन्। समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारले पनि डा केसीका माग पूरा गर्न उदासीन भएको भन्दै नागरिक अगुवाहरूले आरोप लगाएका छन्।
'डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ। सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको हामीले ठानेका छौँ,' अगुवाहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।