काठमाडौं– जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चार वर्षपछि भेटिएका छन्। २०७३ म.सिर ११ गते राति चोरीका भएकामध्ये केही मूर्ति सोमबार भेटिएका हुन्।
चन्दननाथ नगरपालिका–८ मा रहेको चन्दननाथ मन्दिरको मूर्ति चोरी घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले २ थान मूर्ति भेटेको हाे। सोही नगरपालिका १० बोहोरा गाउँस्थित सुशील विष्टको जग्गामा रहेको सुकेको घाँसमा लुकाएको अवस्थामा मूर्ति भेटिएकाे हो । घाँसको बीचमा खादामा लुकाएर रोखेको अवस्थामा चाँदीजस्तो देखिने धातुका मूर्ति दुई थान फेला परेको छ। प्रहरीले मूर्ति भेटिएको जग्गाका धनी सुशील विष्ट, जुम्लाकै तातोपानी गाउँपालिका–८ घर भएका २८ वर्षीय जयलाल थापा र सोही ठाउँका २३ वर्षीय सुदिप रावललाई पक्राउ परेको छ ।
भेटिएको एउटा मूर्तिमा २०४१ कात्तिक ८ लेखिएको छ । जसकारण यो मूर्ति त्यतिबेला बनाएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । ५ इन्च उचाई ५ इन्च गोलाई भएको भगवतीको यो मूर्ति ४५० ग्रामको छ ।
अर्कोमा संस्कृत भाषामा लेखिएको संवत १९३४ वैशाख लेखिएको छ । यो मूर्ति ८९० ग्रामको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।