काठमाडौं– जर्मन क्लब बायर्न म्युनिकले आफ्ना पूर्व खेलाडी डग्लस कोस्टालाई लोनमा भित्र्याएको छ। बायर्नले कोस्टालाई एक सिजनका लागि युभेन्टसबाट लोनमा ल्याएको हो।
बायर्नले ३० वर्षीय कोस्टालाई २०१७ मा मात्रै इटालियन क्लब युभेन्टसमा लोनमा पठाएको थियो। पछि २०१८ मा भने युभेन्टसमा अनुबन्धित भएर नै खेल्दै आएका थिए। सन् २०१५ मा बायर्नमा अनुबन्धित भएका कोस्टाले तीन सिजन खेलेका थिए। उनले बायर्नबाट ७७ खेलमा १४ गोल गोल गरेका छन्।
लोनमा बायर्न आएसँगै कोस्टाले आफू निकै खुशी रहेको बताएका छन्। उनले भनेका छन्, ‘फेरि बायर्नमा जोडिदा म निकै खुशी छु। पहिले म बायर्नमा हुँदा उत्कृष्ट थियो। सफलता पनि मिलेको थियो। मलाई विश्वास छ फेरि पनि उपाधि जित्ने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।