नुवाकोट– नुवाकोटमा आगामी महिना हुने प्रथम नुवाकोट गोल्डकपको लागि अहिले मैदान निर्माण कार्यमा तिव्रता दिइएको छ।
जिल्लामै पहिलोपटक आगामी जेठ १७ गतेदेखि आयोजना हुन लागेको सर्वाधिक पुरस्कार राशिको यस फुटबल प्रतियोगिताको सफलतालाई नुवाकोटको प्रतिष्ठासँग गाँसेर हेरिएको जनाउँदै जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल संघको नेतृत्व तयारीमा जुटेको छ।

हाल खेल मैदानमा दुबो रोप्ने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ, नेपाली सेना र विभिन्न क्लबका प्रतिनिधिहरु मैदान व्यवस्थित बनाउन लागि परेका छन्।
जेठ २६ सम्म चल्ने प्रतियोगितामा ‘ए डिभिजन’का थ्रि स्टार तथा पुलिस क्लब गरि विभिन्न १० टिमको सहभागिता रहने आयोजकले बताएको छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।