काठमाडौं– लेस्टर सिटीले जारी इंग्लिस प्रिमियर फुटबलमा पहिलो हार व्यहोरेको छ। आइतबार राति भएको खेलमा लेस्टरले वेष्ट हाम युनाइटेडसँग ३–० गोलको हार व्यहोरेको हो।
लेस्टर आफ्नै मैदानमा वेष्ट हामसँग नराम्ररी पराजित भएको हो। मिकेल एन्टोनियो, पाबियो फर्नाल्स र जारोड बावेनले समान १–१ गोल गरे। पहिलो हाफमा २–० गोलले पछि परेको लेस्टरले दोस्रो हाफमा थप एक गोल खान पुग्यो।
खेलको १४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्ट हामलाई १–० गोलको अग्रता दिलाए। खेलको ३४ औं मिनेटमा पाबियोले गोल गर्दै वेष्ट हामको अग्रतालाई २–० मा पुर्याए। खेलको ८३ औं मिनेटमा जारोडले गोल गर्दै लेस्टरविरुद्ध वेष्ट हामलाई ३–० गोलको जित दिलाए।
लेस्टरले यसअघि लगातार तीन खेलमा जित हात पार्ने क्रममा आफ्नो पहिलो खेलमा वेष्ट ब्रुमलाई ३–०, बर्नलीलाई ४–२ र म्यानचेस्टर सिटीलाई ५–२ गोलअन्तरले पराजित गरेको थियो।
आइबार नै भएको अर्को खेलमा साउथह्याम्पटनले वेस्ट ब्रुमलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।