काठमाडौं– बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ८ जना र बलात्कार संलग्न एक जना गरी ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द साह, ४५ वर्षीय शुत्रधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगबीर यादव, ४८ वर्षीय राजकुमार यादव, ३५ वर्षीय श्यामसुन्दर यादव छन्।
त्यसैगरी बलात्कारका मुख्य अभियुक्त मुकेश कुमार साह पनि पक्राउ परेका छन्। उनीहरुलाई २ नमबर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पक्राउ गरेको हो।
शत्रुधन साहको घरमा मुकेश कुमार साहले १६ वर्षीया एक किशोरीलाई असोज १२ गते साँझ ५ बजे बलात्कार गरेका थिए। उक्त घटनालाई ढाकछोप गाउँमै पन्चायती बसेर मिलापत्र गरिएको थियो। सो क्रममा पीडित युवतीलाई ५ लाख रुपैयाँ दिइने भनेर कपाली तमसुक बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।