काठमाडौं- प्रमुख राजनीतिक दलका प्रवक्ताहरूले रिले अनसनरत पत्रकार र सञ्चारसंस्थाका कर्मचारीहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरूले अनसनरत सञ्चारकर्मीहरूसँग भेट गरी उनीहरुका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्व र संयुक्त संघर्ष समितिका संयाेजक धर्मेन्द्र कर्णकाे संयाेजकत्वमा जारी अनसनमा नेताहरूले ऐक्यबद्धता जनाएका हुन्। ५ दिने रिले अनसनरत पत्रकारहरूसँगको भेटपछि प्रवक्ताहरुले लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मी नै बाँच्न पाउने हकबाट बञ्चित हुने अवस्था आउन नहुने बताए।

सरकारले कोरोनाकालमा अग्रपंक्तिमा रहेका काम गरिरहेका व्यक्तिहरुको सुरक्षा, स्वास्थ्य र प्रोत्साहनका लागि ध्यान दिन नसकेको बेला सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई पनि बाँच्न पाउने हकबाट बञ्चित गर्न नुहने बताए। विभिन्न कारण देखाएर सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने, निष्कासन गर्ने, बेतलबी विदामा राखेर उनीहरुको बाच्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।