काठमाडाैं–साइबर अपराधको कसुरमा नेपाल प्रहरीका अवकाशप्राप्त डिएसपी नै दोषी ठहर भएका छन्। पूर्वडिएसपी कृष्ण खड्कालाई साइबर अपराधमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नै बुहारी समुना खड्कालाई अश्लील गाली गरेको भन्दै उजुरी परेको थियो। सोही मुद्दामा उनलाई दोषी ठहर गर्दै अदालतले ५० हजार जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
दुई वर्षअघि उजुरी परेपछि पूर्वडिएसपी खड्का पक्राउ परेका थिए। त्यसबेला उनलाई १ लाख धरौटी लिएर छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।