काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा नवप्रवेशी क्लब लिड्स युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ। शनिबार राति भएको खेलमा सिटीले लिड्ससँग १–१ गोलको बराबरी खेलेको हो।
म्यानचेस्टर सिटीविरुद्ध लिड्सले बहादुरीपूर्ण प्रदर्शन गर्याे। आफ्नै मैदानमा सिटीलाई रोक्न रोड्रिगोले गोल गरे। यता, सिटीका लागि रहिम स्टर्लिङले गोल गरेका थिए। खेलको पहिलो हाफमै लिएको अग्रतालाई जोगाउन नसक्दा सिटीले लिड्ससँग बराबरी खेलेको हो।
खेलको १७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनकै गोलमा सिटीले पहिलो हाफसम्म १–० गोलको अग्रता लियो। खेलको ५९औं मिनेटमा सिटीविरुद्ध रोड्रिगोले गोल गर्दै लिड्सलाई १–१ गोलको बराबरीमा ल्याए। बाँकी समयमा लिड्सले सिटीलाई रोक्दै अंक बाँडेको हो। सिटीको तुलनामा लिड्सले उत्कृष्ट प्रदर्शन गर्याे। बल पोजिसन लिड्सको ५३ प्रतिशत हुँदा सिटीको ४७ प्रतिशत मात्रै रह्यो। सिटीको पोष्टमा लिड्सले सट तार्गेट मात्रै सात पटक प्रहार गरेको छ। यता, सिटीले भने मात्र दुई पटक प्रहार गरेको छ।
लिड्सले जारी लिगमा चार खेलबाट ७ अंक बनाएको छ। सिटीले भने तीन खेलबाट चार अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।