फाइल तस्बिर
वासिंटन- कोरोना संक्रमणपछि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अबका ४८ घण्टा क्रिटिकल भएको चिकित्सकले बताएका छन्। ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि अब २ दिन क्रिटिकल भएको ट्रम्पका निजी चिकित्सकलाई उद्धृत गर्दै सिएनएनले समाचार प्रकाशन गरेको छ।
केही समयअघि मात्र ट्रम्पका निजी चिकित्सक डा सिन कोन्लीले पत्रकारहरूसँग कुराकानी गर्दै शनिबार बिहान राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको बताउँदै अबका ४८ घण्टा क्रिटिकल रहेको बताएका हुन्।
राष्ट्रपति ट्रम्पलाई पछिल्लो २४ घण्टायता अक्सिजनको सहायता दिनुपर्ने अवस्था पनि नरहेको र ज्वरो पनि नरहेको बिबिसीले उल्लेख गरेको छ। ७४ वर्षीय राष्ट्रपति ट्रम्प कोरोनाको जोखिम बढी हुने उमेर समूहमा पर्छन्।
यसका साथै उनी पत्नी मेलानिया ट्रम्पको पनि स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएको डा कोन्लीले जानकारी दिए। ट्रम्प दम्पतीमा कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो। उनीहरुको वाल्टर रिड मेडिकल सेन्टरमा उपचार भइरहेको छ।
ट्रम्पले पनि आफूलाई सुधार भएको भन्दै ट्विट पनि गरेका छन्। ट्रम्पको ट्विटमा स्वास्थ्यकर्मीहरूको पनि प्रशंशा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।