काठमाडौं– इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनलाई सेल्फ आइसोलेसनमा राखिएको क्लबले जानकारी दिएको छ।
मिडफिल्डर थियागो अलकान्टारालाई संक्रमण देखिएको तीन दिनपछि मानेलाई पनि कोरोना पोजेटिभ भएको क्लबले जानकारी दिएको हो। इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ गोलअन्तरले पराजित गर्दा मानेले पनि एक गोल गरेका थिए। तर काराबाओ कपमा लिभरपुल आर्सनलसँग पेनाल्टीमा ५–४ ले पराजित हुँदा माने टिममा थिएनन्।
क्लबले मानेलाई कोरोना संक्रमण देखिए पनि उनको स्वास्थ्य राम्रो भएको बताएको छ।
मानले यो सिजनमा मात्रै लिभरपुलका लागि तीन गोल गरिसकेका छन्। चेल्सीवरिुद्ध २–० गोलको जित निकाल्दा त्यो दुबै गोल मानेले गरेका थिए। आइतबार राति प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ। तर माने भने टिममा उपस्थित हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।